एकीकृत भएर अगाडि बढ्न प्रेस संगठनलाई ‘प्रचण्ड’को निर्देशन


प्रकाशित मिति : पुस १२, २०७६ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस संगठन नेपाललाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने, “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएका छन् ।”

परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए । “अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ” उनले भने । उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गरे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाई थियो ।

उनले भने, “पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौं । पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।” अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको स्पष्ट पारे । उनले सरकारले इमान्दारिताका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्न समेत आग्रह गरे । “‘पाटी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौ । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ ’ पूर्ण अवधिका लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ, कुनै आशंका नपालौ, नराखौं ।”

पार्टीका विचार, राजनीतिक, दृष्टि, पार्टीका कार्यक्रमलाई जनतामा लगेर कम्युनिष्ट पार्टी नै राष्ट्रको एकतालाई सृदृढ गर्ने भन्दै उनले राष्ट्रको स्वन्त्रता र भौगोलिक अखण्डतालाई संरक्षण गर्ने काममा अग्रणी र नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे । समाजको सामाजिक न्याय, समृद्धिको लडाईमा कम्युनिष्टहरुले सबैभन्दा अगाडि रहेर बलिदान दिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले राष्ट्रको एकतार समृद्धिका लागि समेत सरकार र पार्टी प्रतिवद्ध रहेको स्पष्ट पारे । केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले त्यो कुनै हालतमा सफल हुन नसक्ने उल्लेख गरे । हालै सम्पन्न स्थायी कमिटी बैठकबाट पनि विचारमा एकरुपता हुुनु नै पार्टी एकताको मुख्य आधार हो भनेर जोड दिएको भन्दै उनले विचारमा एकरुप आधार बन्दैनथ्यो भने केही समूह र नेतृत्वले चाहदैनमा पार्टी एकता समेत हुन नसक्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, ‘‘हाम्रो विचारमा माक्र्सवाद, लेलिनवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादलाई दृष्टिकोण मान्ने, माक्र्सवाद लेलिनबादको आधारभूत सिद्धान्तलाई निर्देशनात्मक सिद्धान्तको रुपमा आत्मसात गर्ने र शान्तिपूर्ण रुपले प्रतिस्पर्धा गर्दै समाजवादको वाटोतिर अघि बढ्ने भन्ने कुरामा समानता नभएको भए कसैले चाहदैमा यो एकता सम्भव थिएन ।” अध्यक्ष दाहालले संविधान गतिशिल दस्तावेज भएकोले जनता र राष्ट्रको आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने स्पष्ट पारे । देशको राष्ट्रियता स्वाधिनता सार्वभौमसत्ता, भौगोलिक अखण्डता वाहेकका राजनीतिक विषय परिवर्तनशिल रहेको संविधानले नै स्पष्ट पारेकाले समयक्रममा संशोधन गर्ने बताए ।

कार्यक्रममा महासचिव विष्णु पौडेलले पार्टी र सरकारको निर्देशन अनुसार प्रेस सङ्गठन प्रतिवद्ध भएर परिचालित हुनुपर्ने बताए । उनले पार्टीको विरोध गर्न सिमाभित्र रहेर गर्न पाइने र वैचारिक विषयवस्तुलाई सङ्गठनले वोकेर लैजानुपर्नेमा जोड दिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सङ्गठनलाई पार्टीको गुट, वा उपगुट, यो नेता वा त्यो नेता नभनि पार्टीको वैचारिक कुरालाई आत्मसात गर्नुपर्ने बताए । उनले सङ्गठनलाई सरकार र पार्टीको राम्रो कामको प्रचारमा लाग्न समेत निर्देशन दिए । उनले माक्र्सवाद, समाजवादी कार्यक्रम, सरकार र पार्टीको लक्ष्यलाई आत्मसाथ गर्नुपर्ने बताए । कार्यक्रममा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिए । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com