कृषकलाई किबीखेती गर्न सिकाइँदै


प्रकाशित मिति : पुस १२, २०७६ शनिबार

पाल्पाको पूर्वखोलाका कृषकलाई किबीखेती गर्न सिकाइएको छ । पूर्वखोला गाउँपालिका वडा नम्बर २ जल्पा ढोलीमारा साठिकोल र मैदानलाई किबीको मुख्य क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले त्यस क्षेत्रका कृषकलाई खेती गर्ने तरिका, रोगकीराको निवारण र उत्पादन बढी लिन सकिने विषयमा सीप सिकाइएको हो । किबीखेती गर्न इच्छुक ४० कृषकले तालीम लिएका छन् ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले किबीखेतीबाट प्रशस्त आम्दानी लिन सकिने र स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा यसप्रति ध्यान दिएर लाग्न आग्रह गरे । अध्यक्ष थापाका अनुसार पहिलो पटक गाउँपालिकाले परीक्षणका रुपमा एक सय किलो किबीको बीउ पनि निःशुल्क प्रदान गरेको छ ।  कृषिविज्ञ कमानसिं थापाले किबीमा निकै पोषिलो औषधियुक्त गुण भएकाले यसको माग बढिरहेको बताए । उनका अनुसार यसको नियमित प्रयोग गर्नाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, भिटामिन सी प्राप्त हुने र खनिजको मात्रा पूरा हुने हुन्छ ।

किबीको बिरुवा रोपिएको दुईदेखि तीन वर्षमा उत्पादन दिन सक्ने र एउटा बोटबाट करीब ४० देखि ६० वर्षसम्म उत्पादन लिन सकिने कृषि शाखा संयोजक सन्तोष कँंडेलले जानकारी दिए । एउटा बोटले ५० देखि एक सय केजीसम्म फल दिने भएकाले यसबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । नेपालमा किबी प्रतिकेजी रु चार सयदेखि आठ सयसम्म बिक्री हुने गरेको छ । मनग्य खेती गरेर विदेशमा निर्यात गर्न सके प्रशस्त आम्दानी गर्न सकिन्छ ।

नेपालको भूबनोटअनुसार समुद्री सतहदेखि एक हजार दुई सयबाट दुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषिविज्ञ बताउँछन् । यस वर्ष त्यस क्षेत्रमा परीक्षणका रुपमा खेती गरिने र राम्रो उत्पादन लिन सके थप क्षेत्र विस्तार गर्न सकिने गाउँपालिकाले जनाएको छ । -रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com