हत्या आशङ्कामा दुईजना पक्राउ


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुठीचौर गाउँपालिका–३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका–५ का २३ वर्षीय उपेन्द्र भण्डारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

“नियन्त्रणमा लिएकाहरु र मृतक कामीबीच केही दिनअघि वादविवाद भएको पाइयो”, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने, “घटनाको अनुसन्धान भइरहेको छ ।”

परबहादुरको शव गुठीचौर गाउँपालिकाको झारज्वाला नजिकैको खोलामा प्रहरीले बिहीबार फेला पारेको थियो । बहिनी भेट्न गुठीचौरको गज्याङकोट पुगेका उनी मृत अवस्थामा भेटिएका हुन् । मृतकको अनुहारमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चन्दले बताए ।

छोरा हराएको भन्दै परबहादुरका बुबा प्रहरीकोमा खोजिदिनका लागि आग्रह गर्न आएपछि प्रहरीले खोजी कार्य थालेको थियो । मृतकका आफन्तले भने घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरेर दोषीमाथि कारबाहीका लागि प्रहरीसमक्ष माग गरेका छन् । मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षणका लागि ल्याएको प्रहरीले जनायो । -रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com