भर्जिनियामा ६३ वटा गाडी एकआपसमा ठोक्किदा कम्तीमा ५१ घाइते


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

भर्जिनियामा भएको दुर्घटनामा ६३ वटा गाडी एकआपसमा ठोक्किदा कम्तीमा ५१ जना घाइते भएका छन् । आइतबार विहान योर्क काउन्टीमा भएको दुर्घटनामा एउटा गाडीले अर्को गाडीलाई ठक्कर दिंदा ६३ वटा गाडीको खात लागेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । तर प्रहरीले बाटोहरु चिप्लो भएको र हुस्सु लागेका कारण दुर्घटना भएको अनुमान गरेको छ । सुरुमा ३५ जनामात्र घाइते भएको जनाइएपछि दिउसोसम्म अस्पताल पुग्नेहरुको संख्या ५१ पुगेको थियो ।

घाइतेहरुमध्ये केहीको अवस्था सामान्य भएपनि केहीको अवस्था भने गम्भिर रहेको छ । तर कसैको पनि ज्यान नगएको प्रहरीले जनाएको छ । रिभरसाइड रिजनल मेडिकल सेन्टरमामात्र २५ जनाको उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com