६ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ ।

समयमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नहुँदा र सामुदायिक वनको अवरोधले सडक निर्माणको काम छ वर्षदेखि रोकिएको थियो । सर्वपक्षीय बैठकले सडक निर्माण सञ्चालन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको छलफलबाट सडक निर्माणका लागि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय र डिभिजन वन कार्यालय लगायतलाई तत्काल निर्माणको काम अगाडि बढाउन आवश्यक निर्देशन दिएको छ । छ वर्षअघिको ठेक्काको म्याद थप गरेर तत्काल निर्माण अघि बढाउन निर्देशन दिइएको प्रदेशसभा सदस्य सिंहले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त खण्डको निर्माण अवरुद्ध हुँदा जुम्ला जोड्ने सडक अलपत्र परेको उहाँको भनाइ छ । जाजरकोट–जुम्ला सडकको फूलचाउली खण्डको १८ किलोमिटर निर्माणका लागि सडक डिभिजन कार्यालय, सुर्खेतले २०७० सालमा टेण्डर खोलेको थियो । सडक निर्माणका लागि रौताहा कन्स्ट्रक्सन, उदयपुरले दुई करोड रुपैयाँमा ठेक्का पारे पनि इआइए नहुँदा निर्माण अवरुद्ध भएको थियो ।

सम्झौताको डेढ वर्षपछि इआइए भएपछि ठेकेदारले काम शुरु गर्न खोजेका थिए । खुर्पा सामुदायिक वन उपभोक्ता समूहले अवरोध गरेपछि लामो समय सडक निर्माण रोकिएको थियो । वन समूहको अवरोधपछि तत्कालीन जिल्ला वन कार्यालयले व्यवसायीलाई सडक निर्माण नगर्न निर्देशन दिएको थियो ।

विवादकै क्रममा सम्झौताको अवधि सकिएको कम्पनीका प्रतिनिधि शान्तबहादुर बस्नेतले बताए  । “कार्यक्षेत्रमा वन उपभोक्ताको अवरोध र जिल्ला वन कार्यालयको परिपत्रले काम गर्ने अवस्था आएन”, उनले भने, “अवरोधकै बाबजुद पनि १० किलोमिटर सडक निर्माण गरियो, तर वन क्षेत्रमा सडक निर्माणको काम रोकिएको थियो ।”

वन उपभोक्ता समितिको अवरोध हटेपछि थप कार्यका लागि म्याद थप गर्न निवेदन दिए पनि अस्वीकृत भएपछि निर्माण रोकिएको हो । सडक डिभिजन कार्यालय, चौरजहारीले म्याद थपका लागि गरेको सिफारिस सडक विभागले अस्वीकृत गरेका कारण सडक निर्माणको काम पूरा नभएको निर्माण कम्पनीले जनाएको छ ।

उनका अनुसार १० किलोमिटर सडक निर्माण गरिएपनि रु २८ लाख मात्र भुक्तानी भएको थियो । “सडक कार्यालयले इआइए गरेर मात्र ठेक्का सम्झौता गर्नुपर्ने थियो”, उनले भने, “ठेक्का सम्झौताको सात महिना अवधिलाई नै आधार मानेर म्याद थप नहुँदा सडक निर्माणको काम लामो समयसम्म अलपत्र परेको हो ।”

रौताहा कन्स्ट्रक्सनसँग नै म्याद थप गरी सडक निर्माणको काम तत्काल अगाडि बढाइने सडक डिभिजन कार्यालय, चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताए  । उक्त ठेक्कामा निर्माण कम्पनीले २६ प्रतिशत भुक्तानी लिएको उनले जानकारी दिए  ।

त्यस्तै पूर्वाधार विकास कार्यालयले आव २०७५/७६ मा उक्त सडकखण्डको थप निर्माणका लागि केशव शाह कन्स्ट्रक्सन सेवासँग सम्झौता गरिसकेको छ । कार्यालयका अनुसार रु दुई करोड ७० लाख रुपैयाँमा बाँकी सडकखण्डको काम गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com