६० जिल्लामा टेलिकमको फोरजी, ६५ लाख ग्राहक थप


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ । टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा यो सेवा विस्तार गरेको जनाएको छ । योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो बनेको कम्पनीले दाबी गरेको छ ।

नेपालमै पहिलोपटक २०७३ पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीले गत माघ २० गते नयाँ सम्झौता गर्दै फोरजी विस्तारलाई गति दिएको थियो । देशैभर फोरजी विस्तार गर्ने परियोजना अन्तर्गत अहिले तीव्ररूपमा नयाँ टावरमा यो सेवा जडान गर्ने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘खासगरी पूर्वाधार निर्माणमा निकै जटिलताका बीच पनि नियमितरूपमा सेवा विस्तारको काम भइरहेको छ’ उनले भने ‘फोरजी विस्तारको अहिलेसम्मको प्रगति हेर्दा टेलिकममा कुनै परियोजनामा यति छिटो काम भएको यो पहिलोपटक नै हो ।’ टेलिकमले करिब १९ अर्ब रुपियाँ लगानीमा ६५ लाख फोरजी ग्राहक थप गर्ने लक्ष्यसहित माघदेखि नेटवर्क विस्तारको परियोजना अगाडि बढाएको थियो । उक्त परियोजना अनुसार अहिलेसम्म हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लाका मुख्य स्थानमा फोरजी सेवा पुगेको कम्पनीले जनाएको छ ।

फोरजी परियोजना अन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोरजी प्रविधि जडान गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसै परियोजना अन्तर्गत थप छ सय नयाँ टावर स्थापना गर्ने काम कम्पनीले अगाडि बढाएको छ । काम सुरु भएको फागुनदेखि यता कम्पनीले दुई सयओटा नयाँ टावर स्थापना गरिसकेको छ भने एक हजार पाँच सयभन्दा बढी टावरमा फोरजी प्रविधि जडान गरेर सेवा सञ्चालनमा ल्याएको छ । गत माघमा भएको सम्झौताअनुसार एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि भौगोलिक जटिलता, मौसमको प्रतिकूलताका कारण कतिपय स्थानमा स्वभाविक रूपमा काम अगाडि बढ्न नसकेको प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । ‘यद्यपि अहिले नेटवर्क विस्तारमा ठूलो समूह परिचालन छ’ उहाँले भन्नुभयो ‘माघसम्ममा अझ धेरै टावरमा फोरजी जडान गर्नसक्छौँ ।’ उनका अनुसार अहिले प्रतिदुईघण्टामा हरेक नयाँ टावरमा फोरजी प्रविधि जडानको काम भइरहेको छ । कतिपय ठाउँमा योभन्दा कम समयमा नै फोरजी प्रविधि जडान गरिएको उनले जानकारी दिए । उनका अनुसार परियोजनामा तोकिएको लक्ष्यअनुसारका पूर्वाधार निर्माणका काम अगाडि बढाइनेछ ।

नेपाल टेलिकमले हाल ८ सय र १८ सय मेगाहर्ज ब्यान्डअन्तर्गत प्राप्त फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले यसैलाई केन्द्रित गरेर व्यावसायिक योजनाका कार्यक्रम पनि समान रूपमा अगाडि बढाएको जनाएको छ । अहिले प्रयोगमा रहेको थ्रीजीभन्दा उच्च गतिको इन्टरनेट प्रयोग गर्नसकिने र खास गरी भिडियो कन्टेन्टका लागि फोरजी उपयोगी प्रविधि मानिन्छ । -गोरखापत्र अनलाइन

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com