पाल्पामा हावाबाट विद्युत सेवा शुरु


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको एक करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो ।

हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए । साढे दुई वर्ष अघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ । विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारी बताउँछन् ।

कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत यहाँ विद्युत् उत्पादन गरिएको हो । उनका अनुसार यस आयोजनाबाट यहाँका करीब ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् । बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ । मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ । यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो । थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ ।

सडक पुगेपछि स्थानीयवासीमा खुशीयाली

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लाको पूर्वखोला गाउँपालिका–२ को साठीकोलमा सडक पुगेपछि स्थानीयमा खुशीयाली छाएको छ । दुर्गम र विकट क्षेत्रमा बसोबास गरेका यहाँका स्थानीयवासीले सडक समस्याका कारण हैरानी खेप्दै आइरहेका थिए । सडक पुगेपछि सहजरूपमा सवारी साधनमा यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य वस्तु शहरबजार लैजान सजिलो भएको सडक उपभोक्ता समितिका अध्यक्ष दानबहादुर ठाडा बताउँछन् ।

गाउँपालिकाको केन्द्र रिङ्नेरहबाट दुई घण्टाको उकालो पैदल हिँडेर साठीकोलमा पुगिन्छ । वडा कार्यालय पुग्न करीब दुई घण्टाकै पैदल हिँडेर समय खर्चन बाध्य स्थानीयवासी अब सडकको सुविधा पुगेपछि विकासको अनुभूति गर्न थालेका छन् । ठूला–ठूला पहाडको खोँचमा बस्ती रहेकाले कठिनाइका बाबजुद पनि गाउँमा सडक पु¥याउन सफल भएको वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए । यस वर्ष गाउँपालिकाबाट २५ लाख र वडा कार्यालयबाट २५ लाख गरी ५० लाख बराबरको रकम विनियोजन गरी सडक निर्माण गर्ने काम भएको थियो ।-केन्द्रबिन्दु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com