रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर, मस्को र जर्मनीद्वारा आलोचना


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले फाइदा लिनसक्ने भन्दै चासो ब्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ग्यास पाइपलाइन निर्माणको जिम्मा पाएका कम्पनीहरूलाई प्रतिबन्ध लगाउनका पत्रमा हस्ताक्षर शुक्रबार गर्नुभएको हो ।

प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णयप्रति यूरोपेली संघ (इयू) ले असन्तुष्टि प्रकट गरेको छ । ट्रम्पले वासिङ्टन, डीसीबाहिर ‘जोइन्ट वेस एन्ड्रुज’ नामक वायुसेनाको शिविर स्थापना गर्ने विधेयक र रूस–यूरोप पाइपलाइन निर्माण कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णयमा एकैसाथ हस्ताक्षर गर्नुभएको हो ।

बाल्टिक सागरमुनि करिब ११ अर्ब अमेरिकी डलर लगानीमा निर्माणाधिन ‘नर्डस्ट्रिम टु पाइपलाइन’ को निर्माणपछि यूरोपको शक्तिशाली अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा रूसले आफ्नो ग्यास आपूर्तिलाई दोब्बर बनाउने लक्ष्य राखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सांसदहरूले पाइपलाइनले दुश्मन शक्ति (रूस सरकार)लाई सम्पन्न बनाउने र यसबाट रूसी नेता भ्लादिमिर पुटिनको यूरोपमा प्रभाव बढ्ने निष्कर्षसाथ अमेरिकी दुबै सदनले प्रतिबन्धलाई अनुमोदन गरेको हो । कङ्ग्रेसका दुबै सदनले प्रतिबन्ध लगाउने कानूनलाई मङ्गलबार अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।

डेमोक्रेटिक प्रतिपक्षीद्वारा पुटिनप्रति नरम बनेको आरोप खेप्ने गरेका ट्रम्पले कानूनलाई अनुमोदन गर्नुको विकल्प कमै थियो ।

अमेरिकी कडा प्रतिरोधका कारण मस्को र इयू नराम्रोसँग चिढिएका छन् ।

जर्मनीका विदेशमन्त्री हेइको मासले निर्णयप्रति अमेरिकी समकक्षी माइक पोम्पेओसँग शुक्रबार फोनवार्ता गर्नुभएको छ । जसमा पोम्पेओले कडा विरोध जनाएको अमेरिकी विदेशमनत्रालय स्रोतले जनाएको छ ।

विदेशमनत्रालयका प्रवक्ता मोर्गान ओटगसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले पाइपलाइन निर्माणसम्बन्धी उक्त आयोजनाप्रति ‘कडा प्रतिवाद’ गरेको छ ।

यसैबीच अमेरिकाले आफ्नो आन्तिरिक मामिलामा हस्तक्षेप गरेको भन्दै जर्मनीले अमेरिकी उक्त कदमको विरोध गरेको छ । यसप्रति रूस र इयूले पनि अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।

ट्रम्पले प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेको एक दिनपछि मस्को र यूरोपेली यूनियनले प्रतिबन्धको आलोचना गर्दै शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ता उल्राइक डेमरले भन्नुभयो, “उनीहरूले हाम्रो आन्तिरिक मामिलामा गरेको हस्तक्षेपले जर्मन तथा यूरोपेली कम्पनीहरूलाई प्रभावित पार्नेछन् । यो हाम्रा लागि सह््य हुनसक्दैन ।”

त्यस्तै रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले विश्व व्यापारलाई प्रभावित तुल्याउने सिद्धान्तलाई अघि सारेको भन्दै आफ्नो फेसबुक पेजमा अमेरिकी कदमको विरोध गर्नुभएको छ । उहाँले व्यङ्ग्य गर्दै लेख्नुभएको छ, “कुनै दिन उनीहरूले हामीले स्वास फेर्न रोक्नुपर्छ भन्न सक्नेछन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com