विद्यालयमा पिउने पानीको अभाव


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

पाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका–११ जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने गरेको वडाध्यक्ष भवानीप्रसाद शर्माले बताए । आफ्नो वडाभित्र पानीको मुहान नभएका कारण विद्यालयमा पानी ल्याउन नसकिएको हो । पिउने पानीसम्म नहुने विद्यालयमा शौचालय प्रयोग गर्नसमेत समस्या भएको शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई सुनाएका थिए । विद्यालय अनुगमन तथा निरीक्षणमा शुक्रबार गएका प्रजिअ पन्तलाई शिक्षक तथा विद्यार्थीले उक्त गुनासो गरेका हुन् ।

खानेपानीको मुहान नभएका कारण विद्यालयमा पानी आपूर्ति गर्न नसकिएको वडाध्यक्ष शर्माले बताए । उनले भने, “विद्यालयमा खानेपानी ल्याउने इच्छा त छ नि ? तर हाम्रो सानो बजेटले त्यो अर्को वडाबाट पानी ल्याउन सम्भावना छैन ।” गाउँमा समेत खानेपानीको हाहाकार छ । “गाउँदेखि तल रहेको सानो पानीको मुहानबाट पानी ल्याउन आधा घण्टा लाग्छ”, स्थानीय रामबहादुर आचार्यले गुनासो गरे । उनले भने, “छोराछोरी विद्यालय जाँदा झोला, कापी–कलमका साथै पानीको बोतलसमेत लिएर जाने गरेका छन् ।”

विद्यार्थीहरुले लिएको पानीसमेत सकिँदा तिर्खा लागेर हैरान हुने गरेको पीडा सुनाउँछन् । “नजिक घर भएका साथीको घरबाट थप पानी ल्याउनुहुन्छ, नभएका गाउँमै गएर पानी मागेर पिउने गर्दछन्”, कक्षा ७ मा अध्ययनरत छात्रा गीता आचार्यले भनिन्, “दैनिक पानी मागेर पिउँदा दिक्क लाग्ने गर्दछ, गाउँलेले पनि टाढाबाट बोकेर ल्याएको पानी सधैँ दिँदा दिक्क मान्छन् होला ।”

पानी र शौचालयलगायतका समस्याले गर्दा विद्यार्थी आधा समय मात्र विद्यालयमा बस्ने गरेको शिक्षक बताउँछन् । विद्यालय अनुगमन गर्न पुगेका प्रजिअ पन्तसँग शिक्षकको गुनासो एउटै थियो, “विद्यालयमा ५०० विद्यार्थीमध्ये मुस्किलले तीनसय जति उपस्थित हुने गरेका छन्, आएका पनि पूरै समय विद्यालयमा नबसी घर जान्छन् ।” विद्यालय उपस्थित नहुनेमा अधिकांश दलित समुदायका विद्यार्थी रहेको सहायक प्रधानध्यापक नारायण रोकायले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षकको गुनासो सुनेपछि प्रजिअ पन्तले शैक्षिक सुधारका लागि नौ सुझाव दिएको जानकारी दिए । विद्यालयमा कार्यरत शिक्षक नियमितरूपमा आई जिम्मेवारी पूरा गर्ने, विद्यालयको सरसफाइ सन्तोषजनक नभएकाले सरसफाइमा ध्यान दिई स्वच्छ, सफा वातावरण सिर्जना गर्ने, खानेपानीको समस्या हल गर्न विद्यालयमा पानी जम्मा गरेर राख्नेलगायतका सुधार योजना निर्माण गरी कार्यन्वयन गर्ने, विद्यार्थीको शैक्षिक उपलब्धि तयारी गरी सिकाइ उपलब्धिमा वृद्धि गर्ने, शौचालयमा पर्याप्त पानीको व्यवस्थासहित नियमित पानीको व्यवस्था गर्ने, पुस्तकालयको पर्याप्त व्यवस्था गर्ने, विज्ञान प्रयोगशालालाई व्यवस्थित गरी प्रयोगमा ल्याउने र सबै मिलेर विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्नेलगायतका सुझाव दिएका छन् । – हेमन्त केसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com