सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आज जारी गरे विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष यादवले जानकारी दिए ।
विगत तीन÷चार दिनदेखि लगातार तराई मधेशमा बढेको शीतलहर र चिसोका कारण स्थानीय बजारमा चहलपहल कम देखिएको छ । बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले सप्तरीको राजविराजलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।