पीपीएल: चितवनले दियो धनगढीलाई १८२ रनको लक्ष्य
प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

पोखरा प्रिमियर लिग क्रीकेट (पीपीएल)को दोस्रो संस्करण अन्तर्गत चितवन राइनोजले एक्सपर्ट धनगढी ब्लुजलाई जितको लागि १ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।
मध्यम सुरुवात गरेको चितवनका लागि आरिफ शेखले सर्वाधिक ४७ रन बनाउँदै अविजित रहे । बाबर हायातले ३६ रन बनाए । सन्नीले ३२ रनको योगदान गरे । यस्तै, कप्तान पारस खड्काले २३ तथा तथा अनिल शाहले १९ रन जोड्दा हरीशंकर शाहले ८ रन बनाए ।