तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ ।
कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।
कारागारमा स्वास्थ्य सहायकको दरबन्दी रहेको छ । “ यहाँ कार्यरत स्वास्थ्यकर्मी गत असोजमहिनादेखि समायोजन पछि अन्यत्र जानुभएको र यसपछि अर्का स्वास्थ्यकर्मी नआएका कारण कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवा पाउनबाट बञ्चित भएका छन्” कारागारका सूचना अधिकारी नारायण अधिकारीले भने ।
उनका अनुसार अहिले कैदीबन्दीलाई दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लैजानुपर्ने बाध्यता परेको छ । चिसो बढेपछि कैदीबन्दीमा पनि विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
पैतीस जनाको क्षमता रहेको कारागारमा हाल कैद तोकिएका ६९ र कैद नतोकिएका ७८ गरी १४७ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नु पर्दा कैदीबन्दीमा बढी मात्रामा छालासम्बन्धी रोगहरु देखिने गरेको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीका नाइके विष्णुहरि घिमिरेले स्वास्थ्यकर्मीको अभावमा कारागारमा स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या परेको गुनासो गरे । -रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।