उच्च अदालत पाटनद्वारा महरालाई छाेड्न अस्वीकार


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाण्डौकाे गएको कात्तिक १८ गतेको फैसलालाई सदर गर्दै उच्च अदालतले महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि महरा कारागारमै बस्ने भएका छन् ।   अदालतले प्राप्त प्रमाणका आधारमा महरालाई तत्काल निर्दाेष प्रमाणित गर्न नसकिने बताएकाे छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा थुनामा रहेका महराको मुद्दामा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले बिहीबार यस्तो आदेस दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महराको जिल्ला अदालतमा पनि बकपत्र चलिरहेको छ । यसअघि उच्च अदालतले जिल्ला अदालतबाट महराको मुद्दासम्बन्धी कागजात मगाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशपछि महरा डिल्लीबजार कारागारमा बसिरहेका छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

उच्च अदालतको आदेशमा चित्त नबुझे महरा सर्वोच्च जाने विकल्प भने अझै बाँकी नै छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com