अब नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

नेपालमा नै विद्युतीय मोटरसाइल उत्पादन गर्ने भएको छ । ‘यात्री मोटरसाइकल्स’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को लगभग सबै काम सकिएको र बिहीबार यसको औपचारिक घोषणा गरिने कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिए ।यो विद्युतीय मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गरेका हुन । त्यस्तै मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् ।

सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको प्रमुख पाण्डेले जानकारी दिए । सरकारले विदेशमा उत्पादन गरिएका विद्युतीय गाडी र मोटरसाइकललाई थोरै मात्र कर लिने भए पनि आफूहरुले विद्युतीय मोटरसाइकलका लागि आवश्यक पर्ने पार्ट्स ल्याउँदा भने ३० देखि ३५ प्रतिशतसम्म कर तिर्नुपरेको पाण्डेले बताए । विद्युतीय मोटरसाइकलको आयु सरदर १० वर्षको हुने कम्पनीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com