चिसो बढेपछि तिलोत्तमामा दाउरा वितरण


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

शीतलहरबाट जनजीवन प्रभावित भएपछि तिलोत्तमा नगरपालिकाले विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण गरेको छ । नगरपालिकाले सामुदायिक वनहरुसँगको समन्वयमा दाउराको व्यवस्था मिलाएको हो । तिलोत्तमामा करहिया, शंकरनगर, बाउन्नकोटी, सुखौरा हरियाली, कालिका, मधुवनलगायतका सामुदायिक वनहरु छन् ।

नगर प्रमुख बासुदेव घिमिरेले सामुदायिक वन र प्रहरीसँगको समन्वयमा चिसोबाट नगरबासीलाई राहत दिलाउन विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरिएको बताए । करहिया सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष खिमानन्द न्यौपानेले शीतलहर प्रभावितलाई जोगाउन आगो बाल्न चोक चोकमा दाउरा बाड्न थालिएको जानकारी दिए । नगरपालिकाले सामुदायिक वनहरुलाई चिसोबाट बढी प्रभावित हुने समुदायलाई बढीभन्दा बढी लक्षित गरी दाउरा उपलब्ध गराउन आग्रह गरेको छ ।

यसैबीच तिलोत्तमा नगरपालिकाले चिसोले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै न्यायो कपडाको जोहो समयमैं गर्न नगरबासीलाई आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com