आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।
आगामी फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदैछ । यसका लागि माघ ९ गते १८ जना सांसदका लागि निर्वाचन हुन लागेको हुने छ भने १ जना भने राष्ट्रपतिले मनोनयन गर्ने छन् । आयोगले सार्वजनिक गरेको तालिका अनुसार पुस १७ गते विहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन, सोहि दिन ११ बजेदेखि ४ बजेसम्म प्रकाशित नामावली विरुद्ध उजुरी दिने र पुस १८ गते उजुरी उपर छानविन गरि अन्तिम नामावली प्रकाशन गर्ने लगायतका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।