मन्त्री चौधरीले भने: ‘चुनावी प्रतिबद्धता’ले प्रदेशको राजधानी तोक्न जटिल बन्यो


प्रकाशित मिति : पुस २, २०७६ बुधबार

प्रदेश नम्बर पाँचका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश राजधानी कुन ठाउँमा रहने भन्ने विषय प्रदेश ३ ले तय गर्ने स्थानसँग आधारित रहने उल्लेख गरेका छन् । प्रदेश ३ को राजधानी हाल रहेको हेटौडामा नै रहेको अवस्थामा प्रदेश पाँचको पनि बुटवल नै एथावत रहन सक्ने आधार बलियो रहेको उनले बताए ।

प्रदेश पाँचका भौतिक तथा पुर्वाधार विकास मन्त्री समेत रहेका चौधरीले स्थायी राजधानी तोक्नका लागि कुनै पनि प्राविधिक समस्या नरहेको बताउँदै राजनीतिक कारणले गर्दा ढिला भएको बताए । रिपोर्टस क्लब प्रदेश पाँचले बुधबार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै मन्त्री चौधरीले चुनावका बेला नेताहरुले आफु अनुकूलका स्थानहरुमा राजधानी रहने प्रतिबद्धताका कारण समस्या भएको बताए । राजधानी तोक्नका लागि सहमती नजुटेको अवस्थामा दुई तीहाईको बहुमतले निर्णय गरिने बताउँदै उनले त्यो अवस्थामा राजनीतिक पार्टीको ह्वीप समेत नलाग्ने प्रस्ट पारे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com