ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा भोलि मतदान, ट्रम्पले पठाए यस्तो पत्र


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी संसदको तल्लो सदनमा भोलि पूर्ण मतदान हुने अपेक्षा गरिएको छ । त्यसका लागि हाउस प्यानलले नियमहरु तयार पारेको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई एक आक्रमक पत्र पठाएका छन् । प्रतिनिधिसभाको पूर्ण सदनमा मतदान हुनुभन्दा एकदिन अगाडि मंगलबार ट्रम्पले ६ पृष्ठ लामो पत्र पठाएका हुन् । कोहीपनि बुद्धिमान व्यक्तिले डेमोक्र्याट्सहरुको कुरा विश्वास नगर्ने ट्रम्पले पत्रमा उल्लेख गरेका छन् ।

गतसाता अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाको न्यायिक समितिबाट पारित भएर अगाडि बढेको हो । सत्ताको दुरुपयोग र सदनको रुकावट लगायतका अभियोगसहितका दुईवटा प्रस्तावहरु संसदमा अगाडि बढाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रको पूर्ण पाठ

महाअभियोग प्रस्ताबका दुईवटा आर्टिकलहरुमध्ये एउटामा ट्रम्पले शक्तिको दुरुपयोग गरेर आफ्ना राजनीतिक प्रतिद्धन्दीमाथि अनुसन्धानका लागि युक्रेनलाई दवाव दिएको तथा अमेरिकी सुरक्षा सहायता र ह्वाइट हाउसको बैठक रोकेको आरोप लगाइएको छ । अर्कोमा गवाहहरुलाई रोकेर अनुसन्धानमा बाधा हालेको तथा उपस्थीतिका लागि दिइएको सुचना अवज्ञा गरेको आरोप लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब यी दुईवटै आर्टिकलहरु प्रतिनिधिसभामा मतदानमा लागि लगिने भएको छ । यदि प्रतिनिधिसभामा साधारण बहुमतबाट यो पारित भएमा ट्रम्प अमेरिकी इतिहासमा औपचारिक रुपमा महाअभियोग लगाइएका तेश्रो राष्ट्रपति हुनेछन् । यस अगाडि न्यायायिक समितिबाट महाअभियोग प्रस्ताव अगाडि बढेपछि रिचार्ड निक्सनले राजिनामा दिएका थिए ।

तल्लो सदनबाट पारित भएपछि अमेरिकी सिनेटमा सर्बोच्च अदालतका प्रधानन्यायाधिसको अध्यक्षतामा यसबारे परीक्षण हुनेछ । हाउसबाट पारित भएपनि महाअभियोग प्रस्ताव सिनेटबाट पारित हुने सम्भावना भने न्यून रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com