पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो ।
ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली कांग्रेसले ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।