‘अपांगमैत्री प्रदेश बनाउने योजनामा प्रदेश सरकार’


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

राष्ट्रिय बहिरा महासंघ नेपालको २३ औं केन्द्रीय वार्षिक साधारणसभा बुटवलमा सुरु भएको छ । दुई दिनसम्म चल्ने साधारणसभाको मंगलबार प्रदेश-५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले समुद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले प्रदेश-५ अपांगमैत्री प्रदेशको रुपमा सरकारले परिकल्पना गरेको जानकारी दिंदै यसलाई अक्षरस पालना गर्नको लागि सरकार लागिपरेको बताए ।

सरकार अहिले सुुरुवाती अवस्थामा रहेको जानकारी दिंदै सोचे अनुसारको अपांगता, विशिष्ट क्षमता भएका व्यक्तिहरुको लागि ठोस कार्य गर्न नसकिएको बताउँदै उनले बहिरोपना भएका नागरिकहरुको अधिकार सुनिश्चित हुने खालको योजना बनाइ लागू गरिने प्रतिवद्धता जाहेर गरे ।

मन्त्री बरालले भने–’पहिलो चरणमा विद्यालय, सडक, यातायात हुँदै निर्माण गरिने भौतिक संरचना अपांगमैत्री र बहिरोपना भएका व्यक्तिहरुको सहज सञ्चार हुने प्रकृतिको निर्माण गरी सोही अनुसारको विकासमा प्रदेश सरकार लागिरहेको छ ।’ सरकारले अहिले सिमित स्रोत र साधनको बाबजुत पनि केही नमुनायोग्य कार्यक्रमहरु अगाडी बढाइएको उनले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुपन्देहीको भैरहवामा रहेको बहिरा माध्यमिक विद्यालय, दाङ जिल्लामा रहेको बाहिरा विद्यालयलाई सहयोग गर्नुको साथै गत आर्थिक वर्षमा अन्य विभिन्न जिल्लाहरुमा रहेका बहिरोपना भएका व्यक्तिहरुको लागि प्रदेश सरकारले सहयोग गरेको मन्त्री बरालले जानकारी दिए ।

आगामी दिनमा सरकारले बहिरोपना भएका व्यक्तिहरुको व्यक्तित्व विकास, सूचना तथा सञ्चारको क्षेत्रमा काम गर्ने योजना बनाएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

अपांगता भनेको कुनै पनि अपराध वा पूर्वजन्मको पाप नभएको भन्दै मन्त्री बरालले अपांगता भएको एउटा विशिष्ट क्षमता भएको बताए । उनले अपांगता भएका व्यक्तिहरुमा रहेको विशिष्ट क्षमतालाई प्रष्फुटन गरी उनीहरुको जीवनमा कायापलट ल्याउन सकिने र देश र विदेशमा समेत उनीहरुले नाम कमाउन सक्ने बताए ।

‘अपांगता कसैको दोष होइन, यो एउटा विशिष्ट क्षमता हो, जसलाई सदुपयोग गरी कायापलट समेत गर्न सकिन्छ’ –उनले भने ।

राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वीजल्याण्डबाट आएका डिडिएफका प्रतिनधिहरु जानमार्गस्टम, टोमस एड्र्सन लयतले बोल्दै अपांगताको क्षेत्रमा नेपालमा धेरै काम भएको सो को प्रतिफल कम भएकोले अब यसमा प्रतिफल बढाउनको लागि आफुहरु लागिपरेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्मा, सहकारी संघका केन्द्रीय सदस्य भिमलाल तुलाचन, बहिरा महासंघका पूर्व अध्यक्ष कल्पना बज्राचार्य, राष्ट्रिय सांकेतिक भाषा दोभासे संघका अध्यक्ष शिलु शर्मा, महासंघ प्रदेश-५ का संयोजक सुरयु प्रसाद शेरचन, लुम्बिनी बहिरा संघका अध्यक्ष गोविन्द भण्डारी लगायतले बोलेका थिए ।

महासंघका केन्द्रीय महासचिव सुर्य बहादुर बुढाथोकीको सञ्चालन र प्रदेश-५ का सचिव उमेश आचार्यको स्वागतमा भएको कार्यक्रम राष्ट्रिय बहिरा महासंघ प्रदेश-५ र लुम्बिनी बहिरा संघको व्यवस्थापनमा भएको हो ।

दुई दिनसम्म चल्ने साधारणसभाले खास गरी बहिरोपना भएका व्यक्तिहरुको हक अधिकार, उनीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा लगायतका विषयमा व्यापक छलफल गरी बुटवल घोषणापत्र समेत जारी गरिने सांकेतिक भाषा दोभाषे संघका प्रतिनिधि यशोदा थापाले जानकारी दिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com