गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी कार्यदलले अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विमानस्थल सञ्चालन पूर्व गर्नुपर्ने तयारी र अभ्यासलाई मध्यनजर गरी कार्यदलले नेपालमा उडान भर्ने वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग रायसुझाव लिइएको कार्यदलका संयोजक प्रतापबाबु तिवारीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । छिट्टै थप तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने तयारी गरेका छन् । नयाँ विमानस्थल सञ्चालन आउनु अघि एयरलाइन्सका प्रतिनिधिसँगको व्यावसायिक अभ्यासलाई मध्यनजर गरी उनीहरुको सुझाव महत्वपूर्ण हुने भएकाले छलफल गरिएको संयोजक तिवारीले बताए ।

सो अवसरमा प्राधिकरणकोतर्फबाट विमानस्थलको भौतिक काम सकेर उपकरण जडानको अवधिभित्र सबै तयारी गरेर उडानयोग्य बनाउन एयरलाइन्सलाई आग्रह गरेको थियो । विमानस्थलले उपलब्ध गराउने सुविधामा कुनै कमी आउन नदिने, विमानस्थलको सबै सेवालाई सुरक्षित, व्यवस्थित र चुस्त बनाउन प्राधिकरणले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको थियो । जवाफमा एयरलाइन्सले विमानस्थल कहिले सञ्चालनमा आउने र के कस्ता आकर्षक सहुलियत प्याकेज हुन्छन् त्यसबारे प्राधिकरणसँग धारणा मागेका थिए । अन्तर्राष्ट्रिय हवाई मापदण्ड अनुरुप वर्षमा दुई पटक मार्च र अक्टोबर महिनामा विमानस्थलको उडान तालिका बनाइन्छ ।

सोही तालिकालाई ‘मिट’ गर्नेगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ । त्यो भनेको सन् २०२० को मार्च महिना हो । यो विमानस्थल मार्च महिनाभित्रै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । हाल विमानस्थलको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले केही दिन अघिको कुराकानीमा गौतमबुद्ध विमानस्थल पूर्वनिर्धारित समय अनुरुपनै सञ्चालनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छनु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एयरलाइन्सका प्रतिनिधिले विमानस्थल सञ्चालनपूर्व चार देखि ६ महिना अघिनै पूर्व तयारी चाहिने बताएका थिए । उनीहरुले सेवा सञ्चालनका लागि आकर्षक प्याकेज कस्ता छन् भूमिस्त सेवा, क्याटरिङ, लाउन्जस्तरीय हुन्छन् की हुदैनन् जस्ता प्रश्न उठाएका थिए । हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो समस्या दोहोरिन नहुने पनि उनीहरुले सुझाव दिएका थिए । प्राधिकरणले विमानस्थलको कुनै पनि सेवामा सम्झौता नगर्ने सुरक्षा लगायतलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको थियो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com