घुम्नैपर्ने १० देशको सूचीमा पहिलो स्थानमा नेपाल


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

जब निलगिरी र धौलागिरी हिमाल यसरी खुल्छ । फोटो : दीपेन्द्र ढुंगाना

‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो,’ चर्चित मिडिया फोर्ब्सले लेखेको छ, ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन।’

झोले पर्यटन मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोर्ब्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो।नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोर्ब्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०) मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा।

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ठूलो ढुंगाको बुद्धमूर्तिसँगैको स्तुपा र त्यहाँबाट देखिएको धौलागिरी हिमालको दृश्य । बुद्धमूर्तिस्थल मुक्तिनाथको भ्युप्वाइन्ट हो ।

फोर्ब्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको समाचार गोरखापत्र दैनिकमा छ। ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोर्ब्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ। सूचीमा पहिलो स्थानमा रहेको नेपालबारे रोचक प्रसङ्ग र अनुभव पनि फोर्ब्सले प्रस्तुत गरेको छ।

विश्वकै चर्चित ‘एडभेन्चर’ गन्तव्य सगरमाथा भएको देशमात्र होइन, अत्यन्त ‘लक्जरी’ रिसोर्टसमेत भएको स्थानका रूपमा फोर्ब्सले नेपाल चिनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौंको द्वारिकाज होटलको उदाहरण दिँदै फोर्ब्सले यसलाई जीवन्त सङ्ग्रहालयको उपमा पनि दिएको छ। त्यस्तै चितवन र बर्दियाको सफारी क्याम्पजस्ता अद्भुत अनुभव नेपालमा लिनसक्ने जनाइएको छ।

न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने फोर्ब्सले उल्लेख गरेको छ। नेपाल घुम्ने उपायबारे थप सुझाव पनि फोर्ब्सले दिएको छ।

फोर्ब्सका अनुसार नेपाल भ्रमण दक्षिणतर्फबाट जङ्गल सफारी गरेर सुरु गर्दा गज्जबको अनुभूति हुने छ। हात्तीसँग हिँड्दै चितवनका जङ्गल घुम्न र नारायणी नदीमा हात्तीले नुहाएको हेर्न पनि फोर्ब्सले सुझाव दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com