चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि


प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार

चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उहाँहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई राति नै चावहिलस्थित ओम अस्पताल पु¥याइएको थियो । अस्पताल पुग्दासम्म उहाँ अचेत अवस्थामा रहनुभएको परिवारले जनाएको छ । अस्पतालले उहाँलाई तत्कालै मृत घोषणा गरेको थियो ।

भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ । अभिनेता क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहनुभएका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ ।

क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिनुभएको थियो । उहाँको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो । आज दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गर्नुभएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

सयौँको सङ्ख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जलि दिए । जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासङ्घका केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिङ्गो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । “उहाँ बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो” राईले भन्नुभयो,“प्रिय व्यक्ति गुमाउनु पर्दा निकै पीडाबोध भइरहेको छ ।” अभिनेता दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको बताउनुभयो ।

“उहाँमा कुर्सीमा बस्दा केही राम्रा काम गरेर देखाउनुपर्छ भन्ने भावना थियो” डिसीले भन्नुभयो, “उहाँका अधुरा सपना पूरा गर्न हामी लागिपर्नेछौँ ।” अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनु परेको बताउनुभयो । उहाँले एकै पटक दुईजना असल कलाकार गुमाउनु पर्दा चलचित्र क्षेत्रले अपूरणीय क्षति ब्यहोर्नु परेको बताउनुभयो ।

गत चैत ७ गते भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । उहाँका श्रीमती र एक छोरा छन् । उहाँले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले आफैँ निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन् । भट्टराईले आफ्नो मान्छे, पाहुना, कर्मयोद्घा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, यात्रालगायतका चलचित्र निर्माण गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com