माधव नेपालले भने- ‘ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढ्यो’


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताएका छन् ।

चावहिल साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफि दिने प्रवृतिका कारण उनीहरुमा डर हराएको र डर नै नभएपछि अराजकता बढेको बताए । विश्वका अन्य मुलुकहरुमा काम नगर्नेलाई माफी भन्दा पनि दण्ड सजायबढी हुने भएको विकास पनि भएको तर हाम्रो देशमा त्यसको ठिक उल्टो भएका कारण निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उनले बताए ।

निर्माण सुरु भएको लामो समय वितिसक्दा समेत चाबहिल साँखु सडकखण्ड कालोपत्रे नभएको सन्दर्भमा नेता नेपालले पहिलो पटकलाई माफी दिइएको र अबपनि काम नभए कडा कारवाही हुने बताए ।

ढिला काम गर्ने प्रवृति, समुन्वयको अभाव, सहयोगित भावनाको कमीका कारण उक्त सडकखण्डमा ढिलाइ भएको भन्दै उहाँले चैत मसान्तभित्र सम्पन्न गर्न ठेकेदारर्लाइ भनेको बताए । निर्माण सम्पन्न गर्न दिइएको समयसीमा कुर्दै काम गर्ने प्रवृति हाबी भएकोले कुनैपनि कामहरु गुणस्तरिय र समयमा सम्पन्न नहुने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले सरकार भौतिक पूर्वाधारको क्षेत्रमा तिव्र ढंगले विकास गर्न अगाडी बढेको बताए छ । सबै तहका जनप्रतिनिधिहरुर्लाइ साथमा लिएर संघीय सरकर रुग्ण आयोजनाहरुलाई यथासिघ्र सम्पन्न गर्ने योजनामा सरकार रहेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com