दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।
शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बुधबार दिउँसो शाहीको घरबाट सात फिट आठ इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको पाटे चितुवाकोे छालासहित पक्राउ गरेको वलीले बताए । उनको घरबाट ९५ वटा चितुवाकोे हड्डीका टुक्रा पनि बरामद गरिएको छ ।
वन डिभिजन कार्यालय दैलेखका प्रमुख मनबहादुर रावतले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र निमावली, २०३१ अनुसार कारवाही हुने बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।