नेपाली भूमि बचाउन पहल गरौं : कृष्ण पहाडी


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

मानव अधिकारकर्मी कृष्ण पहाडीले नेपाली भूमि बचाउन सबैले पहल गर्नुपर्ने वताएका छन् । उनले नेपाली भूमिबाट भारतीय सेना फिर्ता हुनुपर्ने कुरामा समेत जोड दिए । मानवअधिकार तथा शान्ति समाज मुल आयोजक तयारी समिति दाङले शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठकको पूर्वसन्ध्यामा तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पहाडीले यस्तो वताएका हुन् ।

लिपुलेख, कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको भन्दै त्यहाँबाट भारतीय सेना तत्काल फिर्ता लिनुपर्ने र नक्सा पनि सच्याउनु पर्ने बताउदै मानवअधिकारकर्मी पहाडीले नेपालीलाई आफनो स्वाभीमान सबैभन्दा प्रिय लाग्ने भएकाले कुनै सम्झौता नगर्ने वताए । आवश्यक परे नागरिक स्तरबाट समेत आन्दोलन गर्न तत्पर रहेको उनले वताएका थिए । आफुहरु भारत विरोधी नभएको स्पष्ट पार्दै पहाडीले भारतले पटक पटक नेपाली भूमि मिचेर अन्याय गरेकेो बताउदै प्रधानमन्त्रीले सोधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग वार्ता गरेर सिमा समस्या सधैका लागि टुङ्गयाउनु पर्नेमा उनको जोड थियो ।

मूल आयोजक तयारी समितिका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशिल बस्नेत, पूर्व केन्द्रिय उपसभापति मोहन धिताल, निवर्तमान सभापति सुरेश हमाल लगाएतले बोलेका थिए । आजदेखि दुई दिनसम्म संचालन हुने २२ औ राष्ट्रिय परिषदको बैठकको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । यसैविच शान्ति समाज मूलआयोजक तयारी समितिले लागुऔषध दुव्र्यसनी विरुद्धको सचेतना कार्यक्रम, रत्तदान, सरसफाई जस्ता कार्यक्रम गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com