निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सांसदको स्थानमा नयाँ सांसद पठाउन गृहकार्य सुरू गरेको छ । आयोगले एक जना राष्ट्रपतिबाट मनोनित हुने बाहेक निर्वाचनबाट पुर्ति हुने १८ रिक्त स्थानका लागि माघ ९ गते निर्वाचनको मिति तय गरिसकेको छ ।
खाली हुन लागेका स्थानमा निर्वाचनबाट पदपुर्ति गर्नका लागि आयोगले आन्तरिक गृहकार्य सुरू गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
“माघ ९ गते निर्वाचन गर्ने गरी मिति तय भइसकेको छ । आन्तरिक तयारीमा आयोग छ । कार्यतालिका बनाउने, सामाग्री व्यवस्थापनको रुजु गर्ने काम भइरहेको छ,” प्रवक्ता श्रेष्ठले भने ।
राष्ट्रिय सभाबाट आफ्नो दुई वर्षे कार्यकाल सकेर बिदा हुनेमा अर्थमन्त्री डा.युवराज खतिवडा पनि छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित सदस्य हुन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
राष्ट्रिय सभामा सांसदहरुको गोला प्रथाबाट कार्यकाल तय गरिएको थियो । कार्यकाल सकिएपछि रिक्त हुने राष्ट्रिय सभा सदस्य पदमा नयाँ नियुक्तिका निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालिसकेको छ ।
राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमध्ये १९ जना सांसदको कार्यकाल फागुन २० गते सकिँदैछ । १८ जना सांसद निर्वाचनको प्रक्रियाबाट छनिनेछन् भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।