पदक जित्ने खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा


प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।
बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

तेह्रौँ सागमा नेपाली खेलाडीले धेरै कीर्तिमान कायम गरेका छन् । पौडी विधाका विभिन्न खेलमा गौरिका सिंहले चार वटा स्वर्ण जितेर यस क्षेत्रका सबै खेलाडी र प्रशिक्षकलाई छक्क तुल्याउनुभयो । उहाँ प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडीका रूपमा सम्मान प्राप्त गर्न सफल हुनुभयो ।

कुस्ती विधामा सङ्गीता धामीले नेपालाई सागको इतिहासमै पहिलोपटक स्वर्णपदक दिलाउनुभयो भने एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठले छिटो दौडने महिलाको रेकर्ड बनाउनुभयो । नेपाली खेलाडीले खासगरी फुटबल, तेक्वान्दो, जुडो, कुस्ती, पौडी, साइक्लिङ, एथेलिटिक्स, ट्रायथलन र बक्सिङलगायतमा विधामा ऐतिहासिक जित हासिल गरे ।

कराँतेका मण्डेकाजीबाट नेपालका लागि खाता खोलिएको स्वर्ण पदकको शृङ्खला फुटबलमा सहित ५१ पुगेपछि स्थगन भएको थियो । सदस्य राष्ट्रका सबैको चासो र आकर्षको विधाका रूपमा रहेको फुटबलमा पनि नेपालले यसपटक बाजी मार्न सफल भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगितामा तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले २–२ स्वर्ण पदक नेपाललाई दिलाउनुभयो । घरेलु मैदान, निरन्तर प्रशिक्षण, राष्ट्रप्रेम, अनुशासन, मेहनत र साहसले यसपटक नेपाली खेलाडीलाई सफलताको शिखर चुम्न सहयोग पु¥याएको थियो । छब्बीस खेल विधाका लागि ५९९ नेपाली खेलाडी र अरु सदस्य राष्ट्रका दुई हजार ९१० खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।

नेपालले यसपटक अहिलेसम्मकै कीर्तिमान तोडेर ५१ स्वर्ण, ६० रजत ९५ कास्यसहित २०६ पदक प्राप्त गर्न सफल भएको छ ।

कूल ३१६ स्वर्णसहित एक हजार ६३ पदकका लागि सार्क राष्ट्रका खेलाडीबीच भएको प्रतिस्पर्धामा भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यमाथि कब्जा जमायो । सधैँ राजनीतिक समाचारलाई पहिलो पृष्ठ, प्रमुख हेडलाइन र स्थान दिँदै आएका नेपालका आमसञ्चारमाध्यमले १५ दिनयता निरन्तर १३औँ साग प्रतियोगितासम्बन्धी समाचार र तस्वीरलाई विशेष स्थान र महत्व दिएका थिए ।

खेल र खेलाडीको सफलताको गाथा समेटिएको समाचार प्रसारणभएसँगै अरु खेलाडीको मनोबलसमेत उच्च बन्न पुगेको थियो ।

यस प्रतियोगितामा नेपाली खेलाडीले ट्रायथलनमा दुई, कराँतेमा १०, तेक्वान्दोमा १२, उसुमा पाँच, एथेलेक्टिसमा तीन, साइक्लिङमा चार, बक्सिङमा तीन, पौडीमा चार, भारोत्तोलनमा दुई, कुस्तीमा एक, जुडोमा दुई, गल्फमा दुई र फुटबलमा एक स्वर्ण पदक प्राप्त गर्न सफल भए ।

राम्रो व्यवस्थापन हुनसक्ने हो भने तेक्वान्दो नेपाललाई ओलम्पिकमा मेडल जिताउन सक्ने खेल हो । नेपालले सन् १९९९ को आठौं सागबाट तेक्वान्दोमा निरन्तर सहभागिता जनाउँदै आएको छ।

सागको इतिहासमा तेक्वान्दोतर्फ दीपक विष्टले लगातार ४ पटक स्वर्ण जित्ने किर्तिमानी कायम गरेका थिए। दक्षिण एसियामा तेक्वान्दोतर्फ नेपाली खेलाडीहरुलाई तुलनात्मक रुपमा स्तरीय मानिन्छ।

तेह्रौँ सागमा ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित श्रीलङ्काले तेस्रो स्थान प्राप्त गर्न सफल रह्यो भने पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य प्राप्त ग¥यो । प्रतियोगितामा बङ्गलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य, माल्दिभ्सले १ स्वर्ण र ४ कास्य तथा भूटानले ७ रजत र १३ कास्य पदक हात पा¥यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com