काठमाडौं । जातीय विभेद विरुद्ध अभियान चलाइरहेकी सञ्चारकर्मी आरती लम्साललाई भारतमा सम्मान गरिएकाे छ ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय एकेडेमीले लम्साललाई डा. अम्बेडकर कलाश्री अवार्डले सम्मान गरेको हो । भारतीय संविधान निर्माता डा. भिमराव अम्बेडकरको नामबाट सो अवार्ड स्थापित भएको हो ।
लम्सालले जातीय विभेद विरूद्ध अन्तरजातीय विवाह गरेकी थिइन् । हाल उनी जातीय विभेद विरूद्ध अभियान समेत चलाइरहेकी छिन् ।
सोही कार्यक्रममा डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित भएकी छन् । समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष हुन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएका छन् ।
भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्य सभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए ।
भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई संस्थाले प्रत्येक वर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको बताइएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।