१० हजार घुस सहित प्रहरी नायव निरीक्षक पक्राउ


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

दाङमा १० हजार घुस सहित नायव निरीक्षक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) हेमन्त केसीलाई १० हजार घुस लिदाँ लिदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले बताए ।

सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्धा चलाएर कम धरौटीमा छिटो मुद्धा किनारा लगाई दिने भन्दै सई केसीले १० हजार रकम घुस लिएका थिए । पक्राउ परेका केसीलाई अख्तियारको टोलीले नेपालगंज लगेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com