अमेरिकी नौसैनिक एयर स्टेशनमा गोली चलाउने व्यक्तिको अमेरिका र इजरालविरोधी ट्वीट


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

अमेरिकी नौसैनिक एयर स्टेशनमा तीनजनाको ज्यान जानेगरी गोली चलाउनले व्यक्तिले गोली चलाउनुअगाडि अमेरिका र इजरायलविरोधी ट्वीटहरु लेखेको जनाइएको छ । उक्त व्यक्तिले कक्षाकोठामा गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो, लगत्तै नौसैनिक अधिकारीको गोलीबाट उक्त व्यक्तिको पनि मृत्यु भएको थियो ।

गोली चलाउने उक्त साउदी नागरिकको ट्वीटर एकाउन्ट अहिले भने बन्द गरिसकिएको छ । मोहम्मद सायिम अल्सामरानी नामको उक्त व्यक्ति हवाई तालिम कार्यक्रममा सहभागी सेकेण्ड लेफ्टिनेन्ट भएको जनाइएको छ ।

विहानै कक्षा कोठामा प्रवेश गरेर गोली चलाउँदा तीनजनाको मृत्यु हुनुका साथै अरु कैयन घाइते भएका थिए । बन्दुक चलाउने व्यक्ति हवाई तालिमको एकजना विद्यार्थी रहेको र तालिमको प्रारम्भिक चरणमा रहेको जनाइएको छ । उक्त कक्षामा तालिमकर्ताहरुले झण्डै तीनमहिनाको कोर्स गर्दै आएका छन् ।

विदेशी विमान तालिममा सहभागी अधिकांश विद्यार्थीहरु साउदी अरबका नै रहेका छन् । नौसैनिक तालिम कार्यक्रममा १५ सय पाइलहरु सहभागी रहेका छन् । शुक्रबार भएको घटनामा ६ जना साउदी नागरिकहरुलाई नियन्त्रणमा लिएर छानविन गरिएको छ । तर घटना गराउनेसँगको सम्बन्ध पुष्टी भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै साता अमेरिकी नौसैनिकको आधारमा भएको गोलीकाण्ड यो दोश्रो हो । बुधबारमात्र एकजना सिपाहीले हवाईमा दुईजना सर्वसाधारण कर्मचारीहरुको हत्या गरेर आफ्नै ज्यान लिएको घटना लगत्तै शुक्रबारको घटना भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com