न्युयोर्क क्वीन्समा प्रहरीले किनेको स्याण्डवीचमा भेटियो रेजर ब्लेड, प्रहरी भन्छ – ‘दुर्घटना हो’


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

न्युयोर्कमा ड्युटीमा रहेका एकजना प्रहरीले किनेको स्याण्डवीचमा रेजर ब्लेड भेटिएको घटना दुर्घटनामात्र भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले बिहिबार दिउसो क्वीन्सको बोन एप्पीटाइट डेलीमा किनेको स्याण्डवीचमा रहेको रेजर ब्लेडले मुखमा घाउ बनाएको थियो ।

न्युयोर्क प्रहरी कमिश्नर डेर्मोट शीले उक्त घटना केबल दुर्घटनामात्र भएको गहन अनुसन्धानबाट पुष्टी भएको जनाएका छन् । स्याण्डवीचमा भेटिएको रेजर ब्लेडबाट प्रहरी वा अन्य ग्राहक धन्न गम्भिर रुपमा घाइते नभएको उनले बताएका छन् ।

यस्तो घटना पुन हुन नदिन सम्बन्धित निकायलाई सचेत गराइएको प्रहरीले जनाएको छ । यसअगाडि प्रहरी अधिकारीलाई नियतवश रेजर ब्लेड दिइएको हुनसक्ने आशंकाका साथ कडा अनुसन्धान सुरु गरिएको थियो ।

प्रहरीले उक्त डेलीको सीसीटीभी फुटेज समेत परिक्षण गर्नुका साथै थप अनुसन्धान समेत गरेको थियो । न्युयोर्कको कृषि तथा बजार विभागले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com