अमेरिकाले एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरसमा सहायता कटौती गरेकोमा विरोध


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

मध्य अमेरिकी देशहरुमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ ।
अमेरिकी सिनेटरहरुले अमेरिकी सरकारको यो निर्णयको विरोध गर्दै यसले ती देशहरुमा अमेरिकाको बदनाम मात्र भएका बताएका हुन् ।

यस्तो निर्णयको विरोधमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आलोचना भएको हो । ती सिनेटरहरुले विदेशमन्त्री पोम्पओको विरोध गरेका हुन् ।

कटौती गरिएको सहायतामध्ये कतिपय त महिला तथा बालबालिकालाई आवश्यक पर्ने सहायता पनि रहेकोमा त्यस्तो अत्यावश्यकीय सहायताको कटौती गरेर मध्य अमेरिकी देशहरुका अतिरिक्त बाहिरी विश्वमा पनि यसको विरोध भएको पाइएको उनीहरुको तर्क छ ।

अमेरिकी सरकारले हालैमात्र एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरसमा आफ्नो सहायता कटौतीको निर्णय गरेको थियो ।
उक्त निर्णयको अमेरिका भित्र पनि विरोध भइरहेका बेला त्यहाँका सिनेटरहरुले अमेरिकाका विदेश मन्त्रीको व्यापक मात्रामा आलोचना गरेका हुन् ।

सिनेटको वैदेशिक मामिलासम्बन्धी समितिमा डेमोत्र्mयाटिक दलका सिनेटरहरुले ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयले अमेरिकी देशहरुप्रति अमेरिकाको नीतिको खिल्ली उडाएको बताएका थिए ।
उनीहरुले अमेरिकी ट्रम्प प्रशासनको यो निर्णय अमेरिकाकै लागि पनि प्रत्युत्पादक हुने धारणा समेत राखे ।

उनीहरुले भनेको थिए– ‘यस्तो निर्णयले बाह्य विश्वमा अमेरिकाको इज्जत बढ्दैन बरु बेइज्जत हुन्छ, त्यसैले यस निर्णयमा अमेरिकी सरकारले पुनर्विचार नै गर्नुपर्छ ।’

महिला र बालबालिकाका लागि आवश्यक रहेको यस्ता आधारभूत आवश्यकताका वस्तुहरुकै सहायताको कटौतीले हामीलाई निकै निराश तुल्याएको छ, उक्त समितिमा बोल्दै सिनेटरहरुले उक्त धारणा राखेका थिए ।

यस विषयमा अमेरिकी ट्रम्प प्रशासनले गएको अक्टोबर महिनामा नै आफ्नो धारणा राखेको थियो ।
ट्रम्प प्रशासनले मध्य तथा ल्याटिन अमेरिकी देशहरुप्रतिको धारणा राम्रो राखेको छैन । ती देशहरुहप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि नै विरोध गर्दै आउनुभएको थियो ।
सोही नीति बमोजिम नै हालैमात्र ट्रम्प प्रशासनले ती देशहरुमा विगत लामो समयदेखि प्रदान गर्दै आएको सहायतामा भारी मात्रामा कटौती गरेको घोषणा गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com