५७ बर्षदेखि कार्यरत ७९ बर्षकी विमान परिचारिकालाई दुध चोरेको आरोपमा अवकाश
प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

बार्षिक २ लाख ५० हजार डलर तलब खाने डेल्टा एयरलाइन्सकी एक ७९ बर्षकी कर्मचारीलाई दुधको प्याकेट चोरेको आरोपमा अवकाश दिइएको छ । तर उनले आफूमाथि लगाइएको आरोप गलत भएको दावी गर्दै एयरलाइन्सबिरुद्ध मुद्दा दायर गरेकी छिन् ।
आइदा गोमेज नामकी ती कर्मचारीले डेल्टा कम्पनीका लागि ५७ बर्षदेखि काम गर्दै आएकी थिइन् । आफू बरिष्ठ कर्मचारी रहेको र तलब उच्च रहेका कारण उनको डाहा गर्ने कर्मचारीहरुले बदनाम गर्ने अभियान चलाएको उनको भनाई छ । उनले एयरलाइन्सबिरुद्ध लस एन्जलसको अदालतमा मुद्दा दायर गरेकी छिन् ।
उनीमाथि एक कार्टुन दुध, सिरियल र चोकोलेट बार चोरेको आरोप लगाइएको थियो । उनका सहकर्मीहरुले उनलाई बेलिज आइस क्रिम हालेर कफी खाएको आरोप समेत लगाएका छन् ।
तर पूराना कर्मचारीहरुलाई एयरलाइन्सले राख्न नचाहेका कारण कामबाट निकालिएको उनको दावी छ । हरेकबर्ष तलब बढ्ने भएका कारण र आफू लामोसमयदेखि काम गर्दै आएका कारण उक्त तलबमा अरु ४ जना नयाँ कर्मचारी राख्न सकिने भएका कारण आफूलाई कामबाट निकालिएको उनको भनाई छ ।
उनी जागिरबाट निकालिनु अगाडि डेल्टाकी उदाहरणीय कर्मचारी थिइन् । उनले चालिस बर्षदेखि कहिले पनि बिरामी विदा समेत नलिएको उनको भनाई छ ।