पुरुष फुटबल : नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत नेपाल र माल्दिभ्सबीच पुरुष फुटबलको खेलमा नेपालले २-१ गोलले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालका लागि पहिलो गोल अभिषेक रिजालले गरेका थिए । उनले खेलको ४४ मिनेटमा गोल गरेका थिए ।

खेलको १७ औँ मिनेटमा माल्दिभ्सले नेपालविरुद्ध गोल गरेको थियो। उसका इब्राहिम महुधी हुसैनले कर्नर किकमा गोल गरेकाथिए। खेलको ५०‍औँ मिनेटमा नेपालका लागि अन्नत तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । पहिलो हाफ १-१ गोलको बाराबरीमा टुंगिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com