दाङमा रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किदा एकको मृत्यु


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किदा दाङमा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं- ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

मोटरसाईलकलको पछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भीक उपचर पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्वरको ट्याक्टरको ट्रलिमा ठोक्किएको थियो ।

दुर्घटना लगतै दुबै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारका लागि लगिएको भएपनि मोटरसाईकल चालक वलीको भने उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com