पुरुष फुटबल : नेपाल माल्दिभ्सविरुद्ध २-१ ले अगाडि


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

दोस्रो हाफको खेल चलिरहँदा नेपालले माल्दिभ्सविरुद्ध २-१ गोलको अग्रता बनाएको छ । नेपालका लागि अभिषेक रिजाल र अनन्त तामाङले गाेल गरे ।

पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे ।

नेपालका २ वटा प्रहार साइडबारमा लागेर बाहिरिएको थियो भने २५ औं मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रि किकलाई गोलकिपरले बचाएका थिए ।

२६ औं मिनेटमा माल्दिभ्सका गोलकिपर विट भइसकेका बेला अन्य खेलाडीले हेडरमार्फत बल किलियर गरेका थिए ।

खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com