तिलोत्तमा नगरमा नोबेलले थाल्यो उद्योग निर्माणको काम


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

गत असोज ९ गते भएको तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धता अनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु गरेको छ । लगानी प्रतिबद्धता अनुसार नोबेलले तिलोत्तमा-१७, गंगोलियामा ११ करोड लगानी गर्नेगरी उद्योग निर्माणको काम अघि बढाएको हो ।

कुल १२ कठ्ठा जमिन रहेको उद्योगले एक वर्षभित्रै उत्पादन थाल्ने बताइएको छ । उद्योगमा भोजराज जिसी, डिलाकुमारी बगाले र नन्दीकेशर ढकालको संयुक्त लगानी छ । उद्योगले वातावरण प्रदुषण गर्ने प्लाष्टिकको पाउच लगायतलाई विस्थापित गर्ने विभिन्न सामानका साथै पुनः प्रयोग हुने रंगका बाल्टिन, फर्निचर, घरयासी उच्चस्तरीय सामानहरु उत्पादन गर्ने प्रबन्ध सञ्चालक भोजराज जिसीले जानकारी दिनुभयो । कम्पनी सञ्चालनको पहिलो वर्ष ७२० टन प्लाष्टिकका पुनः प्रयोग हुने सामान उत्पादन गरी विक्री गर्ने लक्ष्य लगानीकर्ताहरुले राखेका छन् ।

उद्योगमा कम्तिमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र ५०० जना व्यक्तिहरु अप्रत्यक्ष रुपमा लाभान्वित हुने उद्योगका सञ्चालक नन्दीकेशर ढकालले जानकारी दिए । लगानी सम्मेलनको प्रभावले आफूहरु उद्योग स्थापना गर्ने चरणमा पुगेको बताउँदै उनले औद्योगिक वातावरण निर्माण गरेकोमा नगरपालिका नेतृत्वको प्रशंसा गरे । उद्योगका उत्पादनले वातावरण प्रदुषण नगराउने बरु वातावरण प्रदुषण गर्ने प्लाष्टिक झोलालाई विस्थापित गराउने प्रबन्ध सञ्चालक जिसीले प्रष्टाए । कम्पनीमा स्थानीय व्यक्तिहरुलाई नै रोजगारीका लागि प्राथमिकता दिइने लगानीकर्ताहरुको भनाइ छ ।

शनिबार उद्योग शिलन्यास गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुसार अरु लगानीकर्ताहरुले पनि परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको जानकारी दिए । सम्मेलनपछि तिलोत्तमामा नयाँ लगानीकर्ताहरु थपिने क्रम बढेको बताउँदै उनले नगरपालिकाले मापदण्ड निर्माण गरी नगरपालिकामा बन्ने परियोजनाका लागि सडक, विद्युत्, पानीलगायतका पूर्वाधारमा सहजीकरण गर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तिलोत्तमा औद्योगिक ग्रामको डिपिआर अघि बढेको जानकारी गराउँदै उनले लगानी सुरक्षाका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गरे । शिलन्यास कार्यक्रममा तिलोत्तमा नगर उप-प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दानबहादुर चौधरी, प्रेस सल्लाहकार बीपी गौतमलगायतका जनप्रतिनिधिहरुका साथै उद्योगी, व्यवसायी, बैंकर्सलगायतको सहभागिता रहेको थियो । सहभागीहरुले मुलुकको तीव्रतर आर्थिक विकासका लागि औद्योगिककरणमा जोड दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com