१३ औं साग : नेपालले माल्दिभ्सविरुद्ध बराबरी गोल फर्कायो


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले मल्दिभ्सविरुद्ध बराबरी गोल फर्काएको छ । नेपालका लागि अभिषेक रिजालले बराबरी गोल फर्काएका हुन् ।

यसअघि माल्दिभ्सका यू—१९ टिमका कप्तान समेत रहेका इब्राहिम महुदी हुसैनले डिबक्स भित्रबाट गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

यसअघि दुई मध्ये एकमा जित र एकमा बराबरी गरेको नेपाली टोली फाइनलमा स्थान बनाउनका लागि यो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

माल्दिभ्सले यसअघिका तीन खेलमा दुईमा बराबरी र एकमा पराजय भोकेको छ । अंक तालिकामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । माल्दिभ्स मात्रै दुई अंकसहित चौथो स्थानमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com