पौडेलको भागमा परेको सबै रकम शिक्षामा


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको सबै खर्च शिक्षामा लगाइने भएको छ । सरकारले संघीय संसदका सबै सदस्यलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वार्षिक ६ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले चालु वर्षको सबै रकम शिक्षा क्षेत्रमा खर्च गर्ने निर्णय कार्यक्रम निर्देशक समितिबाट गराएका हुन् ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले कार्यक्रमको शत प्रतिशत रकम शिक्षामा लगानी गर्ने जानकारी दिए । कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च गर्ने निर्णय गरेको हो । समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख र अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

धेरैतिर कनिका छरे जस्तो रकम छर्नुभन्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न मद्दत पुगोस् भनेर परिणाम निस्किने गरी शिक्षा क्षेत्रमा सबै रकम विनियोजन गरिएको पौडेलले बताए । रूपन्देहीको तिलोत्तमा–६ पश्चिम पाहुनी मावि, तिलोत्तमा–६ को गिर्वाण संस्कृत मावि, तिलोत्तमा–२ को जनजागृति मावि, तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक कदरबहादुर रीता मावि, सिद्धेश्वर लालकुमारी माविलाई ५०–५० लाख रूपैयाँ रकम विनियोजन भएको हो ।

सैनामैना–१ को पर्रोहा परमेश्वर आधारभूत विद्यालयको पूर्वाधार विकास गर्न ३५ लाख, सैनामैना–२ को कालिका तथा जनज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माण गर्न ५० लाख, पर्रोहा माविको ४ कोठे भवन निर्माण गर्न ६५ लाख, बुटवल–११ को नहरपुर माविलाई ५० लाख, सरस्वति मावि बुटवल–१२ लाई ५० लाख र जनता मावि बुटवल–८ लाई ५० लाख गरी विनियोजित ६ करोड रूपैयाँ विद्यालयलाई रकम प्रदान गरिने छ । यसका लागि कार्य्विधि निर्माण गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com