बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

रुपन्देहीको बुटवलमा सवार्धिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । रुपन्देहीका स्नुकर खेलाडी स्व. राजु लामाको स्मृतिमा ५० हजार रुपैया राशीको खुल्ला स्नुकर प्रतियोगिता हुने भएको हो ।

न्यु क्लब १३ ले शुक्रबार बुटवलले गरेको पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष संन्जु बस्नेतले मंसिर २७ गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी दिए । प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजार रुपैया, उपविजेताले नगद २५ हजार रुपैयाका साथै कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सेमीफाईनलमा पुग्ने २ जनालाई नगद ५ हजार, सर्वा्धिक ब्रेकलाई ५ हजार, ५० भन्दा बढी ब्रेक गर्नेलाई नगद ५ हजार, ट्रफीका साथै राईजिङ प्लेयरलाई प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिनेछ । मैत्रीपथस्थित क्लब १३ मा हुने प्रतियोगितामा देशभरबाट १ सय २८ बढी खेलाडीहरु सहभागी हुने खेल संयोजक बिरेन शाक्यले बताए ।

प्रतियोगितामा काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा, कपिलबस्तुबाट खेलाडीहरु सहभागी हुने छन । सहभागी खेलाडीलाई एक हजार ५ सय प्रवेश शुल्क राखिएको उनले बताए ।
कार्यक्रममा नेपाल विलियार्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्य हरि क्षेत्रीले स्नुकर खेलको विकास गर्न सरकारबाट नै खेल प्रतियोगिता गराउनुपर्ने बताए ।

नेपाल पुल तथा स्नुकर संघका जिल्ला उपाध्यक्ष सुजन पुनले रुपन्देही जिल्ला स्नुकर खेलाडी उत्पादनको रुपमा चिनिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेशका सदस्य बिक्रम खड्का, कान्तिपुर पब्लिकेशन प्रदेश ५ का प्रमुख दिपेन्द्र बडुवाल, शिव रानाले प्रतियोगिता सफलताको शुभ कामना दिएका थिए । स्वर्गिय लामाका भाई हसन्त लामाले प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार सौजन्य गरेका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com