‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुल्ने पक्राउ


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका हुन् ।

सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग रकम असुली गर्दै गरेको अवस्थामा चौधरीलाई बिहीबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका-२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मान्छेसँग चौधरीले पैसा उठाउँदै गरेको अवस्थामा ज.२ प ७३२४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com