सिद्धबाबालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

बलात्कारको आरोप लागेका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
यसअघि पहिलो पटक थपिएको चारदिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो ।
गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो । अदालतका न्यायधिश खिमानन्द भुषाल सात दिन हिरासतमा राख्न अनुमति दिएका थिए। कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा छन्।
प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ।