महिला क्रिकेटमा नेपाल समूह चरणबाट बाहिरियो
प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेट टिम फाइनल पुग्न सकेन् ।
शुक्रबार पोखरामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका यू–२३ सँग ४१ रनले पराजित भएको नेपालको यात्रा रोकिएको हो । श्रीलंका भने फाइनलमा पुगेको छ ।
यसअघि भुटानलाई १० विकेटले हराएको बंगलादेश पनि फाइनलमा पुगिसकेको थियो ।
पोखरा क्रिकेट मैदानमा श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । कप्तान रुविना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।