रिपब्लिकन सांसदबाट सीएनएनबिरुद्ध ४३५ मिलियन डलरको मानहानीको मुद्दा


प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

क्यालिफोर्नियाका रिपब्लिकन सांसद डेभिन नुन्सले सीएनएनबिरुद्ध ४३५ मिलियन डलरको मानहानीको मुद्दा दायर गराएका छन् । उनले संघीय अदालतमा मुद्दा दायर गर्दै उक्त रकम क्षतिपूर्तिको माग गरेका हुन् ।

सीएनएनलाई गलत समाचारको जननी भएको आरोप लगाउँदै उनले आफ्नाबिरुद्ध नोभेम्बर २२ मा गलत समाचार प्रकाशित भएको दावी गरेका छन् । समाचारमा जो बाइडेनबिरुद्ध हिलो छ्याप्ने अभियानमा नुन सहभागी भएको र पूर्व युक्रेनी अभियोजनकर्तालाई भियनामा भेटेको जनाइएको छ ।

४७ पृष्ठ लामो मुद्दामा उनले सन् २०१८ मा आफू कहिले पनि भियना नगएको जनाएका छन् । उक्त समयमा आफू लिबिया र माल्टामा रहेको उनको भनाई छ । मुद्दामा उनले आफ्नो यात्रा तस्वीरहरु समेत समावेश गरेका छन् ।

नुन्सले सन् २०१८ मा म्याक्केल्ची न्युजपेपर कम्पनीबिरुद्ध १५० मिलियन डलरको क्षतिपूर्ति दावी गर्दै मुद्दा हालेका थिए भने गत महिना एस्क्वायर पत्रिकाबिरुद्ध मुद्दा हालेका थिए । त्यस्तै मार्चमा ट्वीटरबिरुद्ध २५० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com