न्युयोर्कको रकफेलर सेन्टरमा ७७ फुट अग्लो क्रिसमस ट्री आजदेखि जाज्वल्यमान


प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

न्युयोर्कको रकफेलर सेन्टरमा ७७ फुट अग्लो क्रिसमस ट्री आजदेखि जाज्वल्यमान भएको छ । आज ८७ औं क्रिसमस ट्री जाज्वल्यमान समारोहकाबीच क्रिसमस ट्रीमा बत्तिहरु बालिएको हो ।

यसबर्षको क्रिसमस ट्री न्युयोर्क राज्यकै फ्लोरिडाबाट ल्याइएको १२ टन तौल भएको ७७ फुट उचाई र ४६ फुट चौडाई रहेको छ । क्रिसमस ट्रीको टुप्पोमा क्रिस्टल ताराले सजाइएको छ ।

यो रुख जनवरी १७ सम्म यस्तै जाज्वल्यमान राखिनेछ । त्यसपछि भने घरहरु निर्माणका लागि मानवीयताका लागि आवास कार्यक्रमलाई हस्तान्तरण गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com