बोस्टनमा एयरबीएनबीले हटायो हजारौं ‘होस्ट’


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

आवासको अनलाइन मार्केट प्लेस एयरबीएनबीले अमेरिकाको बोस्टनमा आवास प्रदान गर्दै आएका हजारौं होस्टलाई हटाएको छ । एकमहिना अगाडिमात्र बोस्टनमा एयरबीएनबीका ४ हजार लिस्टिङहरु रहेकोमा सबै हटाएर अहिलेसम्म ७३७ मात्र कायम गरिएको छ ।

एयरबीएनबी होटलको साटो घरमै खाली भएको कोठा समेत होटलसरह भाडामा लगाउन सकिने अनलाइन मार्केटप्लेस हो । आफ्ना खाली घर वा अपार्टमेन्ट पनि यो प्लेटफर्ममार्फत एकरातदेखि महिनौंसम्म भाडामा लगाउन सकिन्छ भने ग्राहकले होटल सरह बुक गरेर बस्न सक्छन् ।

 

बोस्टन सिटीले एयरबीएनबी संचालन गर्न चाहनेहरुले सिटीबाट स्वीकृत लिनुपर्ने नयाँ नियम लागु गरेपछि यसबाट सेवा प्रदायकहरु प्रभावित भएका हुन् । विशेषरुपमा वा मुख्यरुपमा अल्पकालिन आवासका रुपमा प्रयोग गरिने सम्पत्तिहरुमा एयरबीएनबी संचालनमा रोक लगाउनका लागि नयाँ नियम ल्याइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वका अन्य कैयन सिटीहरुले एयरबीएनबी संचालनका लागि स्थानीय सरकारबाट स्वीकृत लिनुपर्ने प्रावधान सुरु गरेलगत्तै बोस्टनमा पनि यो नियम आएको हो । अहिलेसम्म बोस्टनमा १७७८ आवेदनहरु परेको र ७३७ आवेदन स्वीकृत गरिएको बोस्टन सिटीका अधिकारीहरुले जनाएका छन् ।
सुचीमा बोस्टनको लाइसेन्स नम्बर नभएकाहरुलाई सुचीबाट हटाइएको एयरबीएनबीका प्रवक्ताले जनाएका छन् । न्यु ओर्लियान्स र ओरेगनले पनि यस्तै प्रकारको नियम ल्याइसकेका छन् ।

यो नियमले बोस्टन क्षेत्रमा एयरबीएनबी संचालन गर्दै आएका कैयन नेपालीहरु समेत प्रभावित भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com