‘अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल’


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गर्नुभएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरुबीच आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नका लागि प्रविधिको साथसाथै प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताउनुभयो ।

सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोग जस्ता गतिविधिहरु अहिलेको चुनौतिको रुपमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यस्ता अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी महानिरीक्षक खनालले सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय-प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्दै नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा फरक रुपमा समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका बिषयहरु तय गरी कार्यक्रम संचालन गरिएको बताउनुभयो । साथै संगठन सुधारका लागि प्रहरी महानिरीक्षकले तय गरेका १० वटा प्राथमिकताहरुका सम्बन्धमा समेत उहाँले प्रकाश पार्नुभयो ।

सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धतामा प्रहरीले पूर्ण लगावकासाथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसको काम, कर्तव्य तथा प्रदान गर्ने सेवा लगायत विविध बिषय सो अवधारणामा समेटिएको छ ।’

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीहरुको जिज्ञासाहरुको निरुपण गर्दै विगतको भन्दा बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान गर्ने बताउनुभयो । समुदायको सूचनाको महत्व र यसले अपराध नियन्त्रणमा खेलेको भूमिकाको सराहना गर्दै उहाँले शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत उपस्थित विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

सुरक्षा जहाँ हुन्छ त्यहाँ विकासका गतिविधि चलायमान हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले भयरहित समाज निर्माण तथा विकासका गतिविधिलाई अगाडि लैजान सबै समुदायबीच मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले शान्ति सुरक्षा, प्रहरीको कार्य, ट्राफिक व्यवस्थापन लगायतका विषयमा विविध जिज्ञासा राखेका थिए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री, त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका प्रमुखहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com