अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल सस्तोमा पठाईदिने भन्दै ठग्नेहरु पक्राउ


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी, श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(१० घर भएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलबिनायक बस्ने २४ वर्षीय अमन अवाल रहेका छन् ।

अनलाईनबाट विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको समयावधिमा ८ लाख रुपैयाँ भन्दी बढी रकम ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com