बाग्लुङ्ग जिप दुर्घटनाः मृतक १४ जनाकै पहिचान (नामावली सहित)


प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार

मंसिर १७, बुटवल । गुल्मीबाट बाग्लुङ्गको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बाग्लुङ्गको भिङगिठेमा दुर्घटना हुदाँ मृत्यु भएका १४ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् भन्ने १ जना बेपत्ता भएका छन् । उनीहरुलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ ।

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका ४ का ३० वर्षीय सुचना कार्की, सोही गाउँपालिका ४ का जिप चालक रेश्म थापा, सोही गाउँपालिका ४ का ४० वर्षीय बसुन्धरा कार्की,सोही गाउँपालिका बस्ने २३ वर्षीय माया थापा, ४० वर्षीय सिता कार्कीं, २ वर्षीय अनुशा कार्की,वर्ष ६५ की झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, वर्ष ४५ वर्षीय भुमी कार्की, २५ वर्षीय मिना बस्नेत , ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिक ५ बस्ने ५५ वर्षीय लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने ६० वर्षीय मुना कार्की, कञ्चनपुर जिल्लाका ५५ वर्षीय धन बहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिप दुर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका २ को २२ वर्षीय जिवन कार्की, इस्मा गाउँपालिका ४ को ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ का २३ वर्षीय मिना केसीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा इस्मा गाउँपालिका ४ बस्ने धन बहादुर कार्की बेपत्ता भएका छन । मृतक मध्ये १ बालक सहित ९ जना महिला र ४ जना पुरुष रहेका छन् । गुल्मीको इस्मा बाट २४ जना जीपमा सवार रहेको र बिचमा प्रहरीले केहिलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ । दुर्घटनामा परेको जीपमा १८ जना सवार रहेको बताइएको छ । जिपमा सवार सबै गुल्मीबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिडेका थिए ।

यसैबिच दुर्घटनामा परेकालाई लिन दुर्घटना स्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद एवं पुर्व मन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाईतेलाई काठमाण्डौं लगेका हुन् । पुर्व मन्त्री विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दुर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षती पुगेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com